रेखा थापालाई लिङ्देनको व्यंग्य : नयाँ पुस्ता नेपाली धर्तीमा सन्तान जन्माउन चाहँदैन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको राजनीतिक व्यवस्थाले नेपाल बस्न लायक देश नरहेको बताएका छन् । नयाँ पुस्तामा यस्तो सन्देश गइरहेको र उनीहरू बच्चा जन्माउनका लागि अमेरिकालगायत देश गइरहेको बताएका छन् । 

राप्रपानिकट प्राज्ञिक परिषदले शनिबार काठमाडौमा आयाजना गरेको कार्यक्रमका प्रमुख अतिथिका रूपमा बोल्दै अध्यक्ष लिङ्देनले एकजना पूर्व गृहमन्त्रीले नाति नेपालमा नजन्मियोस् भनेर बुहारी लिएर अमेरिका गएको बताए । सुत्केरी गराउनकै लागि बुहारी नेपालबाट अमेरिका लगेको लिङ्देनको भनाइ थियो । 

लिङ्देन यतिमै मात्र रोकिएनन् । उनले नेपाली अभिनेत्री तथा उनकै पार्टीकी नेत्री रेखा थापाको पनि उदाहरण पेस गरे । ‘एकजना चर्चित कलाकारले बेबी प्लान भनेर पोष्ट गर्नुभयो, प्लेन उडेको देखाएर अमेरिका भन्नुभयो । नानी जन्माउन अमेरिका !’ लिङ्देनले भने,  ‘जीवनमा एउटा महिलाले पहिलोचोटि प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैन । ऊ नेपाली नहोस्, नेपाली नहुनुमा आफ्नो सन्तानको भविष्य देख्छ भने देश र राष्ट्रियताको अवस्था कहाँ छ ?’

उनले रेखा थापाको नामै नलिए पनि पार्टीमा कुनै जानाकारी नदिई रेखा अमेरिका उडेको खुलासा गरे । स्मरणीय छ, रेखा राप्रपाको गत महाधिवेशनमा लिङ्देनकै प्यानलबाट महामन्त्रीमा लडेर कुन्ती शाहीसँग पराजित भएकी थिइन् । 

राष्ट्रियतासम्बन्धी प्रवचन कार्यक्रममा लिङ्देनले देशको वास्तविकता झल्काउने क्रममा आफ्नै पार्टीकी नेतृप्रति व्यंग्य पनि कस्न् भ्याएका हुन् । 

गणतन्त्रपछिका १५ वर्षमा योजनाबद्ध रूपमा नेपालमा राष्ट्रियतालाई कमजोर बनाइएको दाबी गर्दै अध्यक्ष लिङ्देनले अब देशलाई नयाँ बाटोमा लैजानुको विकल्प नभएको बताए । 



माओवादीदेखि राजासम्म अट्न सक्ने व्यवस्था आवश्यक रहेको उनको भनाइ थियो । 



  • प्रकाशित मिति : माघ १३, २०८० शनिबार १६:४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया