नेपालगञ्जमा बिहान बाक्लो हुस्सु लाग्न थालेपछि मुगु र हुम्लामा हवाई सेवा प्रभावित बनेको छ । जसका कारण सयौँ यात्रु अलपत्र परेका छन् ।
नेपालगञ्जमा दिउँसो १२ बजेसम्म बाक्लो हुस्सु लाग्ने र १२ बजेपछि आकाश खुल्न थालेपछि फेरि मुगु र हुम्लामा हावा चल्ने गरेपछि हवाई उडान प्रभावित बन्ने गरेको छ ।
हुस्सुका कारण हुम्लामा पाँच दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ भने मुगुमा चार दिनदेखि उडान नहुँदा यात्रु बिहान ताल्चा एयरपोर्ट जाने र बेलुका गमगढी फर्कने गरेका छन् ।
तीन दिनपहिले नेपालगन्जमा परीक्षा दिन ताल्चा एयरपोर्ट गएको, तर जहाज नउडेपछि परीक्षा छुटेको कुमार शाहीले बताए । कारण हवाई सेवा अवरुद्ध हुँदा रारा घुम्ने पर्यटक पनि प्रभावित छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।