अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकनबाट उम्मेदवार बन्न प्रतिस्पर्धा

अमेरिकी राष्ट्रपति पदको चुनावका लागि रिपब्लिकन पार्टीले उम्मेदवार छनोटको प्रक्रिया सुरु गरिसकेको छ । अहिलेसम्म २ वटा राज्यमा भएको ककसमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बाजी मारेका छन् ।  

यसबीचमा ट्रम्पले उम्मेदवारको प्रतिस्पर्धामा रहेकी निक्की हेलीलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर, हेलीले ट्रम्पको आग्रहलाई अस्वीकार गर्दै आफू अझै चुनावी दौडमा रहेको बताएकी छिन् । 

हेलीले ट्रम्पले मनोनयनका माध्यमबाट आफ्नो बदमाशीको रणनीति पूरा गर्न नसक्ने बताइन् । यस महिनाको सुरुमा, ट्रम्पले आयोवा ककसमा शानदार जित हासिल गरेका थिए । यो प्रारम्भिक निर्वाचन प्रक्रियामा पूर्वराष्ट्रपति एकतर्फी विजयी भएका थिए । जबकी निक्की हेली दोस्रो स्थानमा रहिन् । 

उही समयमा आयोवाको नतिजा बाहिर आएपछि, भारतीय मूलका उद्यमीबाट राजनीतिज्ञ बने विवेक रामास्वामी र फ्लोरिडाका गभर्नर रोन डिसेन्टिस उम्मेदवार बन्ने अभियानबाट फिर्ता हुँदै ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका थिए ।  

आयोवाको नतिजापछि निक्कीलाई दौडबाट फिर्ता लिन दबाब बढिरहेको छ । ट्रम्पले उनलाई दौडबाट पछि हट्न पनि आग्रह गरेका छन् । तर, दुईपटक साउथ क्यारोलिनाको गभर्नर भइसकेकी निक्कीले पछि हट्न अस्वीकार गरेकी हुन् । 

अर्को प्राथमिक चुनाव (ककस) अर्को महिनाको अन्त्यमा साउथ क्यारोलिनामा हुने छ । हेलीले अमेरिकाका ४८ राज्यमध्ये दुई राज्यको मात्रै नतिजा आएको अवस्थामै आफूले कुनै निर्णय नगर्ने पनि प्रष्ट पारिन् ।



उनले भनिन्, ‘यो लोकतन्त्र हो । अमेरिकी जनताले आफ्नो उम्मेदवार को हो भन्ने निर्णय गर्नेछन्। दुई प्रदेशको आधारमा यो काम गर्न मिल्दैन ।’



  • प्रकाशित मिति : माघ १६, २०८० मंगलबार १०:१७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया