सुल्तान इब्राहिम पाँच वर्षका लागि मलेसियाकाे राजा

सुल्तान इब्राहिम सुल्तान इस्कन्दरले बुधबार क्वालालम्पुरको राष्ट्रिय दरबारमा विशेष समारोहवीच मलेसियाको १७औँ राजाको रूपमा शपथ लिएका छन् । 

पेराक राज्यका शासक सुल्तान नाजरिन शाहले आगामी पाँच वर्षसम्म राज्यको उप–प्रमुखको रूपमा सेवा गर्नेछन् । 

प्रधानमन्त्री अनवर इब्राहिम आफ्ना क्याबिनेट मन्त्रीहरूसँग नयाँ राजाको शपथ ग्रहण हेर्न समारोहमा उपस्थित थिए । 

उनका पूर्ववर्ती पाहाङ राज्यका शासक सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले मंगलबार आफ्नो कार्यकाल पूरा गरेपछि उनको नियुक्ति भएको हो ।

मलेसिया संवैधानिक राजतन्त्रात्मक मुलुक हो । यहाँ नौ सुल्तान वा शासकहरू छन् । उनीहरूले आ–आफ्नो राज्यको नेतृत्व गर्छन् र पाँच वर्षको कार्यकालका लागि पालैपालो राजा बन्ने प्रावधान मलेसियाको संविधानले व्यवस्था गरेको छ । 





  • प्रकाशित मिति : माघ १७, २०८० बुधबार १८:४३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया