नाइजेरियामा बारुदी सुरुङ विस्फोट : १२ जनाको मृत्यु

उत्तरपूर्वी नाइजेरियाको बोर्नो राज्यमा क्यामरुनको सिमानामा बोको हराम जिहादी सक्रिय रहेको क्षेत्रमा एउटा गाडी बारुदी सुरुङमा पर्दा १२ जना दाउरेको मृत्यु भएको छ । 

काठ जम्मा गर्नेहरू दाउरा सङ्कलन गर्न झाडीतिर जाँदै गर्दै सोमबार उनीहरूले लगेको फ्ल्याट–बेड सवारी पुल्का गाउँबाहिरको राजमार्गमा बोको हराम जिहादीहरूले लगाएको खाडलमा पल्टिएको एनजिओले दुई रिपोर्टमा भनेका छन् ।

उत्तरपूर्वी नाइजेरिया एक दशकभन्दा लामो समयदेखि जिहादी विद्रोहको केन्द्रमा छ । यहाँ आतङ्कवादीहरूलाई द्वन्द्वको चरमोत्कर्षमा नियन्त्रित भूमिको ठूलो हिस्साबाट पछाडि धकेले पनि उनीहरूले अहिले पनि ग्रामीण क्षेत्रहरूलाई निशाना बनाउने गरेका छन् । 

एक रिपोर्टमा भनिएको छ, ‘बोको हराम हुनसक्ने आशङ्का गरिएका मानिसहरूले विस्फोटक पदार्थ राखेका थिए र पुल्काबाट ग्वोजा मार्गमा १२ जनाको हत्या गरेका छन्, दुईजना घाइते भएका छन् ।’ अर्को रिपोर्टअनुसार मृतकको सङ्ख्या समान भएको र अन्य सात जना दाउरे घाइते भएको तथा तीमध्ये तीनको अवस्था गम्भीर भएकाले उनीहरूलाई उपचारका लागि मैदुगुरी लगिएको छ । 

नाइजेरियाली सुरक्षा बलले विस्फोटको पुष्टि गर्न अनुरोध गर्दा जवाफ दिएको छैन । हालैका दिनमा सर्वसाधारणलाई निशाना बनाइने बारुदी सुरुङ विस्फोटका घटना बढेका छन् । उक्त विस्फोट जिहादीहरूले गराएको आरोप लगाइएको छ । 

बोको हरामले सन् २०१४ मा ग्वोजामाथि कब्जा गर्दै आफ्नो कथित खलिफाको मुख्यालय बनाएको थियो । सन् २०१५ मार्चमा नाइजेरियाली सेनाले यसलाई फिर्ता लिएको थियो । तर, जिहादीहरूले अहिले पनि क्यामरुनको सिमानामा पहाडहरूमा लुकेका स्थानहरूबाट वरपरका गाउँहरूमा आक्रमण गर्छन् । यस क्षेत्रका बासिन्दाहरू ग्वोजा र नजिकको पुल्कामा भागेका छन् । त्यहाँ उनीहरू सैन्य सुरक्षाअन्तर्गत शिविरहरूमा बस्छन् ।  





  • प्रकाशित मिति : माघ १८, २०८० बिहीबार ६:५०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया