प्रिमियर लिगमा म्यानचेस्टर सिटीको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानेचस्टर सिटीले जित निकालेको छ । उसले बुधबार राति भएको खेलमा बर्नलेविरुद्ध ३–१ गोल अन्तरको जित निकालेको हो । 

घरेलु इथिहाड स्टेडियममा भएको खेलमा सिटीलाई जिताउन जुलियन अल्भारेजले २ गोल गर्दा रोड्रीले १ गोल थपे । अमेन अल दखिलले बर्नलेका लागि १ गोल फर्काए ।

१६ औं मिनेटमा म्याथेस नुनेजको पासमा अल्भारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाए । उनै अल्भारेजले केभिन डी ब्रुएनाको पासमा २२ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा २ गोलको अग्रता लिएको सिटीले दोस्रो हाफको सुरुमै (४६औं​ मिनेट) मा तेस्रो गोल गरेको थियो । 

रोड्रीले व्यक्तिगत पहिलो गोल गर्दा सिटी ३–० को सहज अवस्थामा अघि बढेको थियो । दोस्रो हाफको अतिरिक्त तेस्रो मिनेटमा अमेन अल दखिलले डेभिड फोफानाको पासमा गोल गर्दै अन्तर कम गरे पनि हार भने टरेन ।

जितसँगै सिटी ४६ अंकका साथ दोस्रो स्थानमा छ भने बर्नले पुछारबाट दोस्रो स्थानमा रहँदै रेलिगेशनको खतरामा परेको छ । प्रिमियर लिगकै अर्को खेलमा टोटनह्यामले ब्रेन्टफोर्डलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । जितसँगै टोटनह्याम चौथो स्थानमा उक्लदा ब्रेन्टफोर्ड १५ औं स्थानमा छ । 
 






  • प्रकाशित मिति : माघ १८, २०८० बिहीबार ९:८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया