भारतीय मोडेल पूनम पाण्डेको निधन

भारतीय मोडेल पूनम पाण्डेको निधन भएको छ । उनका परिवारजनले इन्स्टाग्राम ह्यान्डलमार्फत पूनमको निधन भएको जानकारी दिएका हुन् । 

३२ वर्षकी पूनम पछिल्लो समय पाठेघरको क्यान्सरबाट ग्रसित थिइन् । उनको शुक्रबार बिहान निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पूनमले सन् २०१३ मा फिल्म ‘नशा’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । उनी पछिल्लो पटक फिल्म ‘द जर्नी अफ कर्मा’ मा देखिएकी थिइन् । 





  • प्रकाशित मिति : माघ १९, २०८० शुक्रबार १३:०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया