रुसी ड्रोन आक्रमणपछि ४० हजार युक्रेनी विद्युतविहीन

दुई दर्जन रुसी ड्रोनको आक्रमणले युक्रेनको मध्य भागमा रहेको ऊर्जा पूर्वाधारमा क्षति पुर्‍याएपछि दसौँ हजार मानिस विद्युतविहीन भएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार रातिमा गरिएको आक्रमणले गत हिउँदमा रुसी सेनाले गरेको योजनाबद्ध बमबारीलाई प्रतिध्वनित गरेको र यसले युक्रेनमा दसौँ हजार मानिसहरूलाई बिजुली, तातो वा पानीविहीन बनाएको छ । 

मस्कोले युक्रेनमा २४ वटा इरानी डिजाइनका ड्रोन प्रक्षेपण गरेपछि निप्रोपेत्रोभ्स्क क्षेत्रमा विद्युतीय सुविधाहरू क्षतिग्रस्त भएको युक्रेनी राष्ट्रिय ऊर्जा प्रदायकले जनाएको छ । 

‘आक्रमणका कारण ४० हजारभन्दा बढी ग्राहकहरूको लागि बिजुली कटौती भएको छ,’ यस क्षेत्रका प्रमुख सेर्गी लिसाकले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । दुई खानीहरू बिजुलीविहीन भएका छन् । 

ऊर्जा सेवा प्रदायक युक्रेनेर्गोले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगर क्रिभी रिग सहरमा रहेको आफ्नो एउटा सबस्टेसनमा आक्रमणका क्रममा क्षति पुगेको जनाएको छ ।

जमिनमुनि फसेका करिब १०० जना मजदुरलाई सकुशल बाहिर निकालिएको क्षेत्रीय अधिकारीहरूले बताएका छन् । लिसाकका अनुसार पोक्रोभ्स्के गाउँमा रूसी गोलाबारीमा ३७ वर्षीय एक व्यक्ति घाइते भएका छन् । 



यसैबीच उत्तरपूर्वी खार्किभ क्षेत्रका करिब ६४ वटा सहर र वस्तीमा रुसी सेनाको गोलाबारीका कारण विद्युत् आपूर्ति हुन नसकेको अधिकारीले बताएका छन् । 



  • प्रकाशित मिति : माघ १९, २०८० शुक्रबार १५:४१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया