गाजा कारबाहीमा गिरफ्तार भएका ११४ प्यालेस्टिनी रिहा

प्रत्याक्रमणको क्रममा इजरायली सेनाले पक्राउ गरेका ११४ जना प्यालेस्टिनीलाई दक्षिणी गाजा पट्टीको केरेम शालोम सीमाबाट रिहा गरेको इजरायली सेनाले बिहीबार जनाएको छ । 

गाजाको सीमा सुरक्षा अधिकारीका प्यालेस्टिनी सुरक्षा स्रोतले सिन्ह्वालाई बताए अनुसार रिहा गरिएका केही प्यालेस्टिनीको स्वास्थ्य अवस्था बिग्रँदै गएको कारण राफाह सहरको नज्जर अस्पतालमा लगिएको छ ।

‘युरो–मेड ह्युमन राइट्स मोनिटर’का अनुसार गाजा पट्टीमा आफ्नो स्थल अभियानको क्रममा इजरायली सेनाले सयौं प्यालेस्टिनीहरूलाई पक्राउ गरी अज्ञात स्थानहरूमा राख्दै आएको थियो । 

अस्पतालमा सिन्ह्वाका प्रतिनिधिले भेटेका केही कैदीहरूलाई नजरबन्दको क्रममा कुटपिट, अपमान र यातना दिइएको बताएका छन् । तर, उनीहरूको दाबीलाई स्वतन्त्ररूपमा पुष्टि भने गर्न सकिएको छैन । 





  • प्रकाशित मिति : माघ १९, २०८० शुक्रबार १९:५६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया