वैदेशिक हस्तक्षेप रोक्न जनदबाब आवश्यक : राजेन्द्र लिङ्देन
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तामा टिकाउन र  विदेशीलाई खुसी पार्ने नाममा सरकारले वैदेशिक हस्तक्षेप निम्ताइरहेको बताएका छन् । 

शुक्रबार राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यका स्तरीय भेलामा उनले बढ्दो वैदेशिक हस्तक्षेप रोक्नको लागि देशमा अनियमितताको अन्त्य गर्नको लागि शान्तिपूर्ण जनदबाब सिर्जना गर्न र युवाले राजनीतिमा हस्तक्षेप गर्न जरुरी भएको बताए । 

उनले भने, ‘सत्तामा टिक्नको लागि विदेशीलाई खुशी पार्ने नाममा वैदेशिक हस्तक्षेप नेपालमा निम्ताइरहेका छन् । यसलाई रोक्नको लागि अर्को चुनावमा उनीहरूलाई हराउने भनेर बस्ने समय छैन । वैदेशिक हस्तक्षेप रोक्नको लागि देशमा अनियमितता, अविकसितताको अन्त्य गर्नको लागि देशमा हाम्रो सनातन पद्धतिको रक्षा गर्न शान्तिपूर्ण जनदबाब सिर्जना गर्न र युवाले राजनीतिमा हस्तक्षेप गर्न जरुरी छ ।’ 

उनले शिक्षा प्रणालीमा कुलपति प्रधानमन्त्री, सहकुलपति शिक्षामन्त्री र उपकुलपति दलको कारिन्दा नियुक्त हुने प्रवृत्ति रहेको भन्दै यस्तो व्यवस्था भत्काउन आवश्यक रहेको बताए । 

अध्यक्ष लिङ्देनले पाठ्यक्रम बनाउन, नेपाली शिक्षा प्रणालीलाई विश्वासिलो, वैज्ञानिक, रोजगारमूलक र गरिखाने बनाउन विद्यार्थी संगठनहरू क्रियाशील हुन निर्देशन दिए । 





  • प्रकाशित मिति : माघ १९, २०८० शुक्रबार २२:३९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया