पुनम पाण्डे जीवितै, माफी माग्दै भन्छिन् - जनचेतना फैलाउन मरेको नक्कल गरेँ

दक्षिण भारतीय अभिनेत्री पुनम पाण्डेको निधनको शुक्रबार एकाएक खबर सार्वजनिक भएको थियो । पाण्डेकै अफिसियल इन्स्टाग्राम अकाउन्टबाट सेयर गरिएको पोस्टमार्फत उनको पाठेघरको क्यान्सरका कारण ३२ वर्षको उमेरमा निधन भएको दाबी गरिएको थियो । 

उनको आफ्नै इन्स्टाग्राममार्फत पुनमका म्यानेजरले मृत्युको खबर पोस्ट गरेको खबर बाहिरिएको छ । तर, अभिनेत्री पुनम पाण्डेको निधन नभएको उनी आफैँले शनिबार जानकारी दिएकी छन् । उनले आफैँले शनिबार इन्स्टाग्राममा भिडियो सेयर गर्दै आफू जीवित रहेको जानकारी दिएकी हुन् । 

आफ्नो मृत्युको नक्कल गर्ने अभिनेत्रीले आफूलाई क्यान्सर पनि नभएको तर पाठेघरको मुखको क्यान्सरविरुद्ध जनचेतना फैलाउन यो सबै गरेको खुलासा गरेकी छन् ।

मृत्युको खबर झुटो साबित भएपछि अहिले फेरि उनले चर्को आलोचनाको सामना गर्नुपरेको छ । यो भद्दा मजाकको लागि प्रयोगकर्ता र स्टारहरूले उनको आलोचना गरिरहेका छन् । उनले माफी पनि मागेकी छन् ।  

पाण्डेले इन्स्टाग्राममा भिडियो सेयर गर्दै भनेकी छिन्,‘म तपाईँहरू सबैसँग एउटा महत्त्वपूर्ण कुरा साझा गर्न बाध्य छु । म जीवित छु । पाठेघरको मुखको क्यान्सर मलाई लगेन, तर दुःखको कुरा रोगसँग कसरी लड्ने भन्ने ज्ञानको अभावमा यसले हजारौँ महिलाको ज्यान लिएको छ । केही अन्य क्यान्सरहरू भन्दा फरक भएकाले पाठेघरको क्यान्सर पूर्ण रूपमा रोक्न सकिन्छ ।’





  • प्रकाशित मिति : माघ २०, २०८० शनिबार १४:२४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया