चिलीमा भीषण आगलागी : १ हजारभन्दा धेरै घर जले, कम्तीमा ५१ जनाको मृत्यु

मध्य चिलीमा जंगलमा लागेको आगोले भीषण रूप लिँदा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । आगलागीका कारण शनिबार करिब १ हजार १ सय घर जलेर नष्ट भएका छन् । यस्तै, मृतकको संख्या अझै बढ्नसक्ने अधिकारीले जनाएका छन् ।  

प्रभावित क्षेत्रमा उद्धार टोली पुग्न सकेको छैन । करिब १० लाख बासिन्दाको घर रहेको भाल्पराइसो क्षेत्रका धेरै भागमा कालो धुवा आकाशमा उडिरहेको छ । अग्नि नियन्त्रक हेलिकोप्टर र ट्रक प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको छ । तर, अवस्था कठिन छ । 

चिलीका गृहमन्त्री क्यारोलिना तोहाले देशको मध्य र दक्षिणी क्षेत्रका ९२ वटा जङ्गलमा आगो लागेको र त्यसले भीषण रुप लिँदा १ हजारभन्दा धेरै घर जलेर नष्ट भएको पुष्टि गरिन् । उनका अनुसार मृत्यु हुनेको संख्या ५१ पुगिसकेको छ । 

‘हाम्रो लागि सबैभन्दा ठूलो चिन्ताको विषय यो आगो सघन वस्तीमा फैलिँदै गएको छ । जसका कारण मानिस, घर र सुविधामा असर परिरहेको छ,’ उनले भनेकी छन् । चिलीमा जंगलमा आगलागी हुनु सामान्य कुरा हो । गत वर्ष आगोले २७ जनाको ज्यान गएको थियो भने चार लाख हेक्टरभन्दा बढी जमिन प्रभावित भएको थियो । 

गृहमन्त्री तोहाले गत वर्षको तुलनामा यसपटक आगलागीको क्षेत्र निकै कम भए पनि तीव्र गतिमा फैलिरहेको बताइन् । चिलीका राष्ट्रपति गेब्रियल बोरिकले राष्ट्रलाई टेलिभिजन सम्बोधनमार्फत स्थिति धेरै गाह्रो अवस्थामा पुगेको बताएका छन् । 





  • प्रकाशित मिति : माघ २१, २०८० आइतबार १०:३६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया