श्रीलंकाको आर्थिक संकट कम हुँदै
फाइल तस्बिर

विदेशी मुद्रा सञ्चितिको चरम अभाव अनि ऋण तिर्ने क्षमता खस्किएका कारण सुरु भएको श्रीलंका अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को जमानत नियमनसम्बन्धी मितव्ययितापछि ‘बिस्तारै’ अति खराब आर्थिक सङ्कटबाट बाहिर आइरहेको श्रीलंकाका राष्ट्रपतिले आइतबार स्वतन्त्रता दिवसका अवसरमा गरिएको सम्बोधनमा बताएका छन् । 

राष्ट्रपति रानिल विक्रमासिङ्घेले ‘आर्थिक रूपमा दिवालिया राष्ट्रको प्रतीक बनाइएको अपमान’ को स्मरण गर्दै परम्परागतरूपमा आयोजना गरिने वार्षिक सम्बोधनमा उनले बिस्तारै अति खराब आर्थिक सङ्कटबाट बाहिर आइरहेको बताएका हुन् । 

सन् २०२२ मा ४६ अर्ब अमेरिकी डलर बराबरको विदेशी ऋण नतिरेपछि श्रीलङ्का विदेशी मुद्रामा आएको कमीका कारण खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक वस्तु आयात गर्न असमर्थ भएको थियो । आर्थिक सङ्कटको चरमोत्कर्षमा श्रीलङ्कामा गरिएको महिनौँको नागरिक आन्दोलनको बलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षलाई पदच्युत गरिएको थियो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गत वर्ष मार्चमा श्रीलङ्कालाई सुधार कार्यक्रमअन्तर्गत दुई अर्ब ९० करोड अमेरिकी डलर बराबरको चार वर्षे कर्जाको पहिलो किस्ता जारी गरेको थियो । सेन्ट्रल बैंक अफ श्रीलङ्काको तथ्याङ्कअनुसार सरकारले जमानत कर्जालाई कायम राख्न आईएमएफका शर्तअनुसार कर बढाएपछि गत महिना मूल्यमा छ प्रतिशतभन्दा बढीको वृद्धि भएको थियो ।

बैङ्कका अनुसार ६.४ प्रतिशतको वृद्धि डिसेम्बरमा देखिएको ४.० प्रतिशतको तुलनामा निकै बढी हो । यद्यपि, सन् २०२२ मा श्रीलङ्काको वित्तीय सङ्कटको चरम बिन्दुमा मुद्रास्फीति लगभग ७० प्रतिशतमा पुगेको थियो । अहिलेको मुद्रास्फीति त्यतिवेलाको स्तरको दशौं हिस्साभन्दा पनि कम हो ।  





  • प्रकाशित मिति : माघ २१, २०८० आइतबार १६:३७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया