लेबनान-इजरायल सीमामा भिडन्त : दुईको मृत्यु, दुईजना घाइते

दक्षिणपूर्वी लेबनानी गाउँ अल–तैबेहमा इजरायलले गरेको हवाई आक्रमणमा विगत २४ घण्टामा दुई हिजबुल्लाह लडाकूको मृत्यु भएको छ । साथै दुई जना सर्वसाधारण घाइते भएका छन् ।  

सिभिल डिफेन्स र मुस्लिम स्काउट एसोसिएसनका आधिकारिक स्रोतहरूले हवाई हमलाले चार भवन पनि ध्वस्त पारेको छ । गाउँका अन्य घरमा पनि आंशिकरूपमा क्षति पुगेको छ । 

लेबनानी सैन्य स्रोतहरूले इजरायली लडाकू विमानहरूले गत २४ घण्टामा सीमा क्षेत्रका लक्ष्यहरूमा २१ आक्रमणहरू गरेको बताए । दक्षिणी लेबनानको २५ सहर र गाउँमा धेरै आक्रमण भएको बताए । इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले इजरायली लडाकू विमानले अल–तैबेहमा एक हिजबुल्लाह सैन्य भवन र मिसाइलको भण्डारण स्थललाई ध्वस्त पारेको छ ।  

यसैबीच, हिजबुल्लाहले आफ्ना लडाकूहरूले इरोन र एविभिमको इजरायली वस्ती र अन्य धेरै इजरायली साइटहरूमा आक्रमण गरेको बताएको छ । हिज्बुल्लाहले इजरायलमा हमासको आक्रमणको समर्थनमा अघिल्लो दिन इजरायल तर्फ दर्जनौं रकेट प्रहार गरेपछि लेबनान–इजरायल सीमामा गत ८ अक्टोबरदेखि तनाव बढेको हो ।  

हिजबुल्लाह र इजरायल बीचको भिडन्तमा लेबनानी पक्षमा २ सय ४४ जनाको मृत्यु भएको छ । जसमा १७६ हिजबुल्लाह सदस्य र ३९ नागरिक रहेका छन् ।





  • प्रकाशित मिति : माघ २२, २०८० साेमबार ९:४५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया