इजिप्ट राष्ट्रपतिले गरे प्यालेस्टाइन समस्या समाधानका लागि आह्वान

इजिप्टका राष्ट्रपति अब्देल फताह अलसिसीले प्यालेस्टाइन समस्याको समाधान र मध्यपूर्वमा सुरक्षा र स्थिरताको आह्वान गरेका छन् ।

फ्रान्सका युरोप तथा विदेश मामिलामन्त्री स्टेफेन सेजोर्नसँग कायरोमा भएको बैठकमा सिसीले यो टिप्पणी गरेका हुन् । उनले समस्या समाधानका लागि दुई राज्यबीच समाधानलाई पुनर्जीवन दिने सम्झौता हुन आवश्यक रहेको बताए ।  

उक्त बैठकले गाजा पट्टीमा युद्धविराम गर्न र गाजाका जनताले भोग्दै आएको गम्भीर मानवीय विपत्तिको अन्त्य गर्न मानवीय सहायता र राहतमा पहुँच प्रदान गर्न केन्द्रित भएको बताइएको छ । 

वार्ताले सान्दर्भिक अन्तर्राष्ट्रिय संकल्पको कार्यान्वयनका सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायले जिम्मेवारी वहन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ । फ्रान्सेली मन्त्रीले इजिप्टसँग स्थायी युद्धविराम र बन्दीको आदानप्रदानको लागि समन्वय गर्न आफ्नो देशको प्रतिबद्धता जनाए । 

दुई देशले द्वन्द्वको विस्तार रोक्न महत्वपूर्ण रहेको बताए । दुवै पक्षले प्यालेस्टिनीलाई आफ्नो भूमिबाट विस्थापन गर्ने कुनै नीति स्पष्टरूपमा अस्वीकार गर्ने बताए । 





  • प्रकाशित मिति : माघ २२, २०८० साेमबार १०:२६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया