गाजामा इजरायली आक्रमण : मृत्यु हुने प्यालेस्टाइनीको संख्या २७ हजार नाघ्यो
साढे ६६ हजार प्यालेस्टाइनी घाइते

 

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या २७ हजार ३६५ पुगेको छ । साथै ६६ हजार ६३० जना घाइते भएका छन् । 

गत २४ घण्टामा इजरायली सेनाले गाजामा १२७ प्यालेस्टाइनी मारेको र १७८ जना घाइते भएको मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले जनाएका छन् । 

गत ७ अक्टोरदेखि इजरायलले दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणको बदला लिन गाजामा हमास बिरुद्ध ठूलो मात्रामा सैन्य आक्रमण गरिरहेको छ । इजरायली अधिकारीहरूका अनुसार अहिलेसम्म १ हजार २ सय इजरायली नागरिकको मृत्यु भएको छ । 





  • प्रकाशित मिति : माघ २२, २०८० साेमबार १३:५६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया