राष्ट्रिय सभा सदस्यबाट मुक्त हुन चाहन्छन् वामदेव

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभा सदस्य बन्ने कुरा अपमानजस्तो लाग्न थालेको बताएका छन् । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

आफूलाई अपमानजनक पदबाट कहिलेदेखि मुक्ति हुन पाइएला भन्ने लागेको उनले बताए । आजसम्म भएका प्रधानमन्त्रीले बहुदलीय प्रतिस्पर्धाको प्रणालीबाट समाजवाद निर्माण गर्न सकिन्छ भनेर एउटा ढाँचा पनि प्रस्तुत गर्न नसकेको उल्लेख गर्दै उनले नेपाल कसरी अघि बढ्ने भन्ने ढाँचा कसैले पनि दिन नसकेको बताए । 

‘आजसम्म भएका प्रधानमन्त्रीले बहुदलीय प्रतिस्पर्धाको प्रणालीबाट समाजवाद निर्माण गर्न सकिन्छ भनेर एउटा ढाँचा पनि प्रस्तुत गर्न सक्नुभएको छैन,’ उनले भने, ‘आज पनि हामीले ढाँचा दिन सकेका छैनौँ । हामी उदाहरण दिन्छौँ । यो देश यसरी गयो भनेर तर नेपाल कसरी जान्छ भन्ने  हामीले पनि भन्न सकेका छैनौँ । यो अपमानजनक पदमा कहिलेदेखि मुक्त हुन पाइएला भनेर भन्ने मलाइ लाग्छ ।’

सांसद गौतमलै अहिले नेपाली अर्थतन्त्र निकै धराशायी बनिरहेको बताए । उनले भने, ‘अहिले नेपाली अर्थतन्त्र धरासायी भइरहेको छ, तर यसलाई सुधार गर्न सकिन्छ । नकारात्मक ढंगले मात्रै हेर्ने होइन र सरकारमा भएकाले मात्रै यो जिम्मेवारी बहन गर्नुपर्ने भन्ने होइन । सरकारमा नभएका र सर्वसाधारण जनताले पनि चाहने विषय भनेको नेपाल कसरी समृद्ध हुन्छ भन्ने हो । यसमा सबैले चिन्तन गर्नुपर्छ ।’

बैठकमा बोल्दै उनले आफ्नो धारणा राख्नका लागि समयको मापदण्ड रहेको भन्दै यस्तो अपमानजनक पदबाट कहिले मुक्त हुने भन्ने बारे सोच्ने गरेको बताए । 
उनले भने, ‘मैले थोरै मात्रै कुरा राख्न चाहेँ किनभने मैले ५ मिनेट मात्र बोल्न पाउँछु, र यो अपमानजनक पदमा कहिलेदेखि मुक्त हुन पाइएला भन्ने मलाइ लाग्छ । तैपनि आफ्नो कुरा राख्नुपर्छ ।’ 





  • प्रकाशित मिति : माघ २४, २०८० बुधबार १६:२०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया