५ लाख घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा

घरबाटो सिफारिस गरिदिने भन्दै ५ लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

घर बाटो सिफारिसका लागि स्थानीय राजन उप्रेतीसँग पाँच लाख नगद रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाको टोलीले कार्कीलाई गत पुस पहिलो साता जीतपुरस्थित जैसवाल होटलबाट नियन्त्रणमा लिएको थियो । टोलीले नियन्त्रणमा लिएर काठमाडौं ल्याइएका उनीविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर भएको हो । 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेकाले बिगो ५ लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार विशेष अदालत आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
 





  • प्रकाशित मिति : माघ २४, २०८० बुधबार २१:२१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया