अवैधानिक विद्यार्थीलाई छात्रावासबाट हटाउने सहमतिपछि सानोठिमी क्याम्पसको तनाव साम्य

भक्तपुरको सानोठिमी क्याम्पस प्रशासन र आन्दोलनरत विद्यार्थी संगठनहरुबीच सम्झौता भएको छ । बुधबार क्याम्पस प्रशासन, स्ववियु र आन्दोलनरत विद्यार्थी संगठनबीच १० दिनभित्र समस्या समाधान गर्नेगरी सम्झौता भएको हो । 

त्रिपक्षीय सम्झौताअनुसार क्याम्पसको छात्रावासमा बसिरहेका गैरविद्यार्थीलाई हटाउने सहमति भएको छ । स्नातकको पढाइ सकेका, तर स्नातकोत्तरमा भर्ना नभएका र स्नातकोत्तरको पढाइ सकेका विद्यार्थी अवैधानिक रूपमा छात्रावासमा बसिरहेको भन्दै विद्यार्थी संगठन आन्दोलित बनेका थिए । 

नियम विपरीत बसेका विद्यार्थी हटाउन क्याम्पस प्रशासनले पटक–पटक सम्झौता गरे पनि कार्यान्वयन नगरेको भन्दै विद्यार्थी संगठनले क्याम्पस प्रमुख जगतकृष्ण पोखरेलको कुर्सी रुखमा लगेर झुन्ड्याएका थिए ।

क्याम्पस प्रमुखको समर्थनमा रहेको स्ववियुले मंगलबार साँझ क्याम्पस प्रमुखको कुर्सी रुखबाट झारेपछि विद्यार्थी संगठनहरु थप आन्दोलित बनेका थिए । उनीहरूले बुधबार बिहानै क्याम्पस प्रशासनमा ताला लगाएको थिए । 

विद्यार्थीको मागअनुसार १० दिनभित्र छात्रावास व्यवस्थापन गर्ने विषयमा संयुक्त विद्यार्थी संगठन, स्ववियु र क्याम्पस प्रशासनबीच बुधबार सहमति भएको हो । 

सहमतिपछि संयुक्त विद्यार्थी संगठनले क्याम्पस प्रशासनमा लगाएको ताला खोलेका छन् । 





  • प्रकाशित मिति : माघ २४, २०८० बुधबार २२:४२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया