नापी कार्यालयका सर्वेक्षकसहित दुईजना १ लाख घुससहित समातिए

सेवाग्राहीबाट लिएको १ लाख रुपैयाँ घुससहित नापी कार्यालय कलंकीका सर्वेक्षक र अर्का एक लेखापढी व्यवसायी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार नापीका सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईं र उनीसँग मिलेमतो गर्ने लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई पक्राउ गरेको हो । 

दुईजना मिलेर जग्गा हालसाबिक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीका अख्तियारको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो । 

चौलागाईं र पोखरेललाई सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नापी कार्यालयबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।  





  • प्रकाशित मिति : माघ २५, २०८० बिहीबार ८:४०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया