इन्स्टाग्रामको रिब्रान्डिङ हुने, नाम फेरिने सम्भावना

एजेन्सी— सामाजिक सन्जाल फेसबुकको स्वामित्व रहेको फोटो मेसेजिङ एप इन्स्टाग्रामको नाम फेरिन सक्ने सम्भावना छ । यसका लागि काम भइरहेको अन्तर्राष्ट्रिय प्रविधि साइटहरुले लेखेका छन् । फेसबुकमा काम गर्ने इन्जिनियर जेन मन्चुन वाङले ट्विटरमा नै इन्स्टाग्रामको नयाँ नामको स्क्रिनसट सेयर गरेका छन् । अब इन्स्टाग्रामको नाम ‘इन्स्टाग्राम फ्रम फेसबुक’ हुनसक्ने सम्भावना बढेको हो । 

फेसबुकका संस्थापक मार्क जुकरबर्गले यसअघि नै ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुकबीच सम्बन्ध बनाउने र यी तीन एकअर्कासँग सम्बन्धित बनाउने योजना बनाइसकेका छन् । यदि यी तीन सामाजिक सन्जालका साइटहरु जोडिए भने उनीहरुसँग २ खर्ब ६० अर्बभन्दा धेरै मानिसको डाटा हुनेछ । सन् २०२० को सुरुवातमा नै यी तीन सामाजिक सन्जाल इन्टिग्रेट हुनसक्ने र इन्स्टाग्रामको नाम पनि फेरिन सक्ने अन्तर्राष्ट्रिय सन्चारमाध्यमले उल्लेख गरेका छन् ।





  • प्रकाशित मिति : चैत १६, २०७५ शनिबार २१:१८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया