धनगढीमा ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रम : खेलाडी छनोटको कार्य सुरु

कैलालीको धनगढी उपमहानगरपालिकामा ग्रासरुट क्रिकेट विकास कार्यक्रमको प्रशिक्षणका लागि प्रारम्भिकरूपमा खेलाडी छनोटको काम सुरु गरिएको छ । 

धनगढी–१८ फुलबारी स्थित चन्द्रोदय माध्यमिक विद्यालय र वडा नं १२ स्थित सिद्धनाथ माध्यमिक विद्यालय जुगेडा केन्द्रबाट प्रारम्भिकरूपमा खेलाडी छनोटको काम सुरु गरिएको हो ।  

फूलबारी र जुगेडा केन्द्रबाट प्रशिक्षणका लागि खुलारूपमा आवेदन आह्वान गरिएकामा दुवै केन्द्रमा ७०/७० छात्रा गरी १ सय ४० जनाले नाम टिपाएका गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले जानकारी दिए ।     

नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत क्रिकेटको सहर धनगढीमा उपमहानगरसँगको साझेदारीमा गो ड्रिमर्सले ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रम सञ्चालन गर्न लागेको जनाइएको छ । 

प्रशिक्षणमा सहभागिताका लागि नाम टिपाएकालाई क्रिकेटर बनाउने जिम्मेवारी आफ्नो काँधमा आएको अध्यक्ष शाहीले बताए । उनले ग्रासरुट क्रिकेट विकास कार्यक्रमका लागि दुई प्रशिक्षक नियुक्त गरिसकिएको जानकारी दिए । 

धनगढी–१२ स्थित श्री सिद्धनाथ मावि जुगेडामा ज्ञानेन्द्र क्षेत्री र धनगढी–१८ स्थित श्री चन्द्रोदय मावि फुलबारीमा देवनारायण झाले प्रशिक्षण गराउने अध्यक्ष शाहीको भनाइ छ । 



गत ६ माघमा उपमहानगरसँगको साझेदारीमा गो ड्रिमर्सले धनगढीमा क्रिकेट ग्रासरुट विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनका लागि पहिलो चरणमा प्रशिक्षक झा र क्षेत्रीलाई नियुक्त गरिएको जनाइएको छ ।  

धनगढीका दुई नमुना विद्यालयमा क्रिकेटको नर्सरी विकास गर्न यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास उपमहानगरपालिकाले लिएको छ । रासस 



  • प्रकाशित मिति : माघ २८, २०८० आइतबार १३:४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया