सुनसरीबाट १ करोड ८२ लाख नक्कली नोट बरामद, २२ वर्षीय युवक पक्राउ

सुनसरीमा भारतीय नम्बर प्लेटको गाडीमा १ करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरिएको छ ।

स्कारपियो गाडीमा १ हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ । नक्कली नोटसँगै एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बीआर ११ एक्स ३४२९ नम्बरको स्कारपियो गाडीमा ल्याउँदै गरेको अवस्थामा सुनसरीको इनरुवा नगरपालिका–४ बाट उक्त नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ । 

नियमित जाँचका क्रममा रहेको प्रहरी टोलीले शंकास्पद लागेपछि उक्त गाडीको तलासी लिएको थियो । पछाडिको भागमा बोरा र झोलामा हालेर लुकाएर राखेको अवस्थामा भारतीय नक्कली नोट बरामद भएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।

गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्का एकजना व्यक्ति भने फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । 
 





  • प्रकाशित मिति : माघ २९, २०८० साेमबार ९:५५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया