उपकुलपति छनोट प्रक्रियाबारे जानकारी लिन संसदीय समितिले बोलायो शिक्षामन्त्री
फाइल तस्बिर

उपकुलपति नियुक्ति प्रक्रियालगायतका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग संसदीय समितिले आज छलफल गर्ने भएको छ ।

बौद्धिक चोरीका आरोपित तथा भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन लागेको भन्दै संसदीय समितिले आज शिक्षामन्त्री अशोक राईलाई छलफलका लागि बोलाएको छ । 

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आज (सोमबार) बिहान ११ बजे शिक्षामन्त्री राईलाई छलफलका लागि समितिमा बोलाएको हो ।

समितिको आइतबारको बैठकमा सांसदले उपकुलपतिमा भ्रष्टाचारको आरोप लागेका र बौद्धिक चोरीमा नाम मुछिएकालाई नियुक्ति गर्न लागेको भन्दै विरोध जनाएका थिए । त्यसपछि उपकुलपति छनोट प्रक्रियाबारे जानकारी लिन मन्त्रीलाई बोलाउने निर्णय समितिले गरेको हो । 

त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न ४३ जनाले आवेदन दिएका छन् । 





  • प्रकाशित मिति : माघ २९, २०८० साेमबार १०:१४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया