बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति ?

फागुन महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा ब्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटाएका छन् । 

एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने अरू १६ बैंकले ब्याजदर घटाएका छन् । 

बैंकले गत साउनबाट निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज गरेसँगै विविधता देखिएको छ । बैंकहरूले आवश्यकताअनुसार ब्याजदर प्रकाशित गरेका हुन् । बढी अवधिको मुद्दती निक्षेपमा बढी र छोटो अवधिको मुद्दती निक्षेपमा कम ब्याजदर रहेको छ । 

कृषि विकास बैंकले फागुनका लागि व्यक्तिगत मुद्दतीमा ६.४ प्रतिशत ब्याजदर तोकेको छ । जबकि माघमा ७.२ प्रतिशत थियो । त्यस्तै, स्ट्यान्डर्ड चाटर्ड बैंकले फागुनका लागि ७.३५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । तर माघमा भने सो बैंकले ८.०७ प्रतिशत ब्याज दिएको थियो ।

त्यस्तै, प्राइम कमर्सियल बैंकले फागुनका लागि ७.४ प्रतिशत ब्याजदर तोकेको छ । सो बैंकले माघमा ८.१ प्रतिशत ब्याजदर दिएको थियो । 

कुन बैंकको ब्याजदर कति ? हेर्नुस् सूची :



 
 



  • प्रकाशित मिति : माघ २९, २०८० साेमबार १०:२४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया