राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनमा आयोगले गठबन्धनसँग आत्मसमर्पण गर्यो : वामदेव गौतम

राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनमा निर्वाचन आयोगले दण्डनीय अपरा​ध गरेको आरोप लगाएका छन् । बुधबार संघीय संसद राष्ट्रिय सभाअ​न्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गौतमले यस्तो आरोप लगाएका हुन् । 

महिला र पुरुष राष्ट्रपति र उपराष्ट्रपति हुने संवैधानिक व्यवस्थालाई गलत अर्थ लगाएर सत्तारुढ गठबन्धनसँग आत्मसमर्पण गरेर त्यसको निर्वाचन गराएकाले निर्वाचन आयोगले नेपाली जनतामाथि ठूलो अत्याचार गरेको उनको जिकिर थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो निर्वाचनमा संविधानको गलत अर्थ लगाएर निर्वाचनलाई वैधानिकता दिएकाले त्यसको भागीदार आफैँ बन्नुपर्ने समेत उनले बताए । राष्ट्रपति र उपराष्ट्रपतिमा महिला र पुरुष दुवै हुनुपर्ने ०७२ सालको निर्वाचनको नजिरलाई लत्याएर आयोगले गलत निर्णय लिएको सांसद गौतमको भनाइ थियो । उनले त्यस अवसरमा संविधानको व्याख्या गर्ने काम नगर्न पनि निर्वाचन आयोगलाई सचेत गराए । 

‘अघि भर्खरै प्रमुख निर्वाचन आयुक्तले संविधानको कुरा उठाएर वा भन्ने कुराको अर्थ विभिन्न लाग्दो रहेछ भन्दै यसपटक भएको निर्वाचनलाई वैधानिकता दिनुभयो,’ सांसद गौतमले भने, ‘यसपटक भएको राष्ट्रपति/उपराष्ट्रपति​को निर्वाचनमा संविधानको गलत अर्थ लगाएर बनाइएको छ । र त्यो निर्वाचन आयोग अहिले भएको गठबन्धन अगाडि निर्वाचन आयोगले आत्मसमर्पण गरेको छ ।’

यसमा कसैले मुद्दा नहालेको तर यो वास्तवमा दण्डनीय अपराध भएको उनको दाबी छ । ‘गलत व्याख्या गरियो । अब एउटा अन्तर्राष्ट्रिय मान्यताप्राप्त विषय पनि के हो भने नजिर बसिसकेपछि कानुनमा दोधारचाहिँ हुन सक्दैन,’ उनले भने, ‘०७२ सालको राष्ट्रपति निर्वाचनमा नजिर बसि​सकेको छ । संविधानमा वा भनिएको व्यवस्था के हो भन्दा एकजना पुरुष र एकजना महिला हुनैपर्छ । त्यसमध्ये एउटा फरक समुदायको हुनुपर्छ भन्ने हो । महिला र पुरुष अनिवार्य छ ।’

सांसद गौतमले निर्वाचन प्रणालीमा पनि थुप्रै त्रुटि रहेको पनि दोहोर्याए । 





  • प्रकाशित मिति : फागुन २, २०८० बुधबार २१:२२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया