क्यानडाको दुर्घटनामा मृतक र घाइते नेपालीको पहिचान खुल्यो

क्यानडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार भएको कार दुर्घटनामा मृत्यु भएका दुई नेपाली विद्यार्थीको पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएकाहरूको पनि पहिचान खुलेको छ ।

दुर्घटनामा परेर मृत्यु हुनेमा सिन्धुपाल्चोकका सुशील भट्टराई र गुल्मीकी पासाङ डोमा शेर्पा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए), क्यानडाको लण्डन क्षेत्रका संयोजक कुबेर बुर्लाकोटीले जानकारी दिए । 

ज्यान गुमाउनेहरु अध्ययनका लागि क्यानडा गएका थिए । उनीहरू स्थानीय एक कम्पनीमा आंशिक समय काम गर्दै आएका थिए । 

स्टाडफोर्ड, अन्टारियोको एक मोटर पार्टस् निर्माण गर्ने कम्पनीमा काम बिहानको सिफ्टमा काम गर्न जाँदै गरेका उनीहरू दुर्घटनामा परेका थिए ।

दुर्घटनामा कार चालक मधु थापा, हिरामणि गौतम, जुना लामा, अर्का कारका चालक सुजन थापा, सोभित पचाभाइ, निलम घले र देवकी जोशी घाइते भएको बुर्लाकोटीले जानकारी दिए । उनीहरूको स्थानीय अस्पतालमा उपचार गरिएको छ ।

अन्टारियो प्रान्तको दक्षिणपश्चिमी सहर लण्डनमा तीनवटा कार आपसमा ठोक्किएर दुर्घटना भएको थियो । त्यस क्रममा विपरीत दिशाबाट आएको कारसँग पहिलो कार जुधेको र त्यो कारलाई पछ्याउँदै गइहेको अर्काे कार पहिलो कारसँग ठोक्किन पुगेको त्यहाँका नेपालीले जानकारी दिएका छन् ।



मृतकको शव नेपाल पठाउनेबारे छलफल भइरहेको जनाइएको छ ।
 



  • प्रकाशित मिति : फागुन २, २०८० बुधबार २२:१७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया