राष्ट्रपति पौडेलले गरे शालीनदीमा जल अभिषेक

राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौं शंखरापुर नगरपालिकास्थित शाली नदीमा पौष शुक्ल पूर्णिमादेखि जारी स्वस्थानी व्रत कथाअन्तर्गतको माधवनारायण मेलामा आइतबार बिहान सहभागी भएका छन्  ।  

आइतबार बिहान शालीनदीको मेलामा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवं पूजाअर्चना गर्नका साथै शालीनदीमा जल अभिषेक गरे । 

साथै राष्ट्रपति पौडेलले बज्रयोगिनी मन्दिरमासमेत दर्शन एवं पूजा अर्चना गरे । बज्रयोगिनी मन्दिर पुग्नु हुँदा शंखरापुर–८ का वडाअध्यक्ष पोटे थिङ र ४ का वडाअध्यक्ष सुनाबहादुर तामाङलगायत स्थानीयवासीले स्वागत गरेका थिए  । 

सो अवसरमा राष्ट्रपति पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा रहेको बज्रयोगिनी मन्दिरको दर्शन गर्न पाउनु आफ्ना लागि खुसीको विषय रहेको बताए । 

उनले भृकुटी र स्रङचङ गम्पोसँगको ऐतिहासिक महत्व जोडिएको बज्रयोगिनी र धार्मिक एवं ऐतिहासिक महत्वको शाली नदी क्षेत्रको विकासको लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गरे  ।  

सो अवसरमा सांसद र नगरप्रमुख एवम उपप्रमुखलगायतका जनप्रतिनिधिले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको क्षेत्र भए पनि बज्रयोगिनी मन्दिर भग्नावशेषको अवस्थाका रूपमा रहेको, शालीनदी क्षेत्रको विकास हुन नसकेको, पुननिर्माणका कामले गति लिन नसकेको र कतिपय विकासका काम अधुरै रहेको गुनासो गरे । 



उनले राष्ट्रप्रमुखको भ्रमणपछि पुननिर्माण र अन्य अधुरा विकासका कामले गति लिने विश्वास व्यक्त गरे । 



  • प्रकाशित मिति : फागुन ६, २०८० आइतबार १३:४४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया