क्यानडाविरुद्ध नेपाल ‘ए’ को उत्कृष्ट सुरुवात, राशिद खानले दिलाए दोस्रो सफलता
फाइल तस्बिर

एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ ले दिएको २ सय १७ रनको लक्ष्य पछ्याउनेक्रममा क्यानडा–११ ले दोस्रो विकेट गुमाएको छ । क्यानडाले दोस्रो विकेटको रूपमा ३.१ ओभरमा आरोन जोनसनलाई गुमाएको हो । 

उनलाई राशिद खानले दुई रनमै क्याच आउट गराए । क्यानडाको पहिलो विकेट प्रतिश जिसीले लिए । उनले २.३ ओभरमा श्रीमन्थ विजेरत्नेलाई ४ रनमा क्याच आउट गराएका हुन् ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय १६ रन बनायो । नेपालका लागि बसिर अहमदले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा तीन चौका र एक छक्कासहित अविजित ५० रनको अर्धशतकीय पारी खेलेका हुन् । 

यस्तै, राशिद खानले ४०, मयन यादवले ३५, किरण ठगुन्नाले २५, विवेक यादवले २१ र सन्दीप जोराले १४ रन बनाए ।  क्यानडाका लागि कप्तान सादबीच जाफरले १० ओभरमा ३० रन खर्चेर सर्वाधिक तीन विकेट लिए ।

नेपालको प्लेइङ–११: विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, सन्दीप जोरा, किरण ठगुन्ना, मयन यादव, प्रतिस जिसी, रासिद खान, बसिर अहमद, विवेककुमार यादव, सागर ढकाल र शाहब आलम ।   





  • प्रकाशित मिति : फागुन ६, २०८० आइतबार १३:३४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया