झिनो अंकले घट्यो नेप्से

सेयर बजार परिसूचक नेप्से मंगलबार झिनो अंकले घटेको छ । साताको दोस्रो कारोबारको दिन आज नेप्से १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा कायम भएको हो । 

सोमबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएको थिएन । मंगलबार सेन्सेटिभ इण्डेक्स ०.२४ प्रतिशतले घटेर ३६४.३२ विन्दुमा झरेको छ । १३ उपसमूहमध्ये पाँच उपसमूहको सूचक मात्र बढेका छन् । 

विकास बैंक, फाइनान्स, इन्भेस्टमेन्ट, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहबाहेक अरू उपसमूहको सूचक नकारात्मक देखिएका हुन् । 

सामान्य अंकले घटेको बजारमा दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबारमा आएका कम्पनीमध्ये ९० वटाको सेयरमूल्य बढ्दा १ सय ५० को घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो । 

बोटलर्स नेपाल बालाजु र समाज लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले वृद्धि भएको हो । ३ सय १४ कम्पनीको ९३ लाख ४२ हजार ५ सय ४६ कित्ता सेयर ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँमा खरिदबिक्री भएको छ । 

सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स र साना किसान लघुवित्त छन् । हिमालयन रिइन्स्योरेन्स को ३१ करोड ७३ लाख र साना किसान लघुवित्तको १२ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ । तेस्रोमा रहेको जोशी हाइड्रोपावरको ८ करोडको सेयर किनबेच भएको छ ।  





  • प्रकाशित मिति : फागुन ८, २०८० मंगलबार १६:१२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया