सिटीको जितमा हालान्डको निर्णायक गोल

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ । बुधबार बिहान सकिएको खेलमा सिटीले ब्रेन्टफोर्डविरुद्ध १–० को जित निकालेको हो । 

सिटीको जितमा एक मात्र निर्णायक गोल एर्लिङ हालान्डले गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा हालान्डले ७१ औँ मिनेटमा गोलको खडेरी तोडेका थिए । उनले जुलियन अल्भारेजको पासमा गोल गरेका हुन् । 

जितसँगै सिटी २५ खेलबाट ५६ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । सिटी तेस्रो स्थानमा पुगेको आर्सनलभन्दा एक अंकले अगाडि रहेको छ । यसैगरी शीर्ष स्थानको लिभरपुल पनि एक अंकले अघि रहेको छ । 

शीर्ष तीनमा रहेका लिभरपुल, सिटी र आर्सनलको बीचमा कडा प्रतिस्पर्धा रहेको छ । प्रिमियर लिगमा अहिले २५ औँ चरणको खेल जारी छ ।
 
 





  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार ७:२२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया