निरन्तर ओरालो यात्रामा नेप्से

बुधबार सेयर बजारको ओरालो यात्रा कायम रहेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)का अनुसार आज बजार ६.४६ अंकले तल झरेको हो । बजार ०.३१ प्रतिशतले घट्दा नेप्से परिसूचक २०२६.५९ अंकमा ओर्लिएको छ ।

आज ३१३ कम्पनीका ६३ लाख ४१ हजार १ सय ७४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २४ करोड १९ लाख ६१ ह्जार ७ सय ९९.३७ रुपियाँ बराबरको कारोबार भएको छ ।

समग्रमा बजार घटे पनि विभिन्न ४ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजु, हिमालय उर्जा, समाज लघुवित्त, बोटलर्स नेपाल तराई र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, ९.९९ र ८.५० प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै, पिपुल्स पावरका लगानीकर्ताहरुले सबैभन्दा धेरै ७.८४ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज पनि हिमालयन रिइन्स्योरेन्सकै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ११ करोड १२ लाख २८ हजार ५ सय ६९.५० रुपैयाँबराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । उक्त कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता ६३३.२० रुपियाँमा झरेको छ । 

साताको पहिलो दिन आइतबार २७.२१ अंकले बजार घट्दा ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १ सय ९६.१७ रुपैयाँ र हिजो मंगलबार १.७६ अंकले  बजार घट्दा ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९ सय ७८.४३ रुपैयाँबराबरको कारोबार भएको थियो । 

सोमबार भने प्रजातन्त्र दिवसको सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो ।  





  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार १६:२०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया