फोडेनको गोलमा सिटी विजयी, युनाइटेड फुलहमसँग पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले एफएसी बर्नमाउथविरुद्ध १–० को जित निकालेको हो । सिटीको जितमा फिल फोडेनले २४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । 

जितसँगै सिटी ५९ अंकका साथ दोस्रो स्थानमा यथावत रहेको छ । पराजित भएको बर्नमाउथ भने १४ औं स्थानमा रहेको छ । यस्तै, प्रिमियर लिगको अर्को खेलमा म्यानचेस्टर युनाइटेड भने पराजित भएको छ । युनाइटेड फुलहमसँग २–१ गोल अन्तरले पराजित भएको हो । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा निस्किएका थिए । फुलहमका लागि काल्भिन बेसेसले गोल गर्दै ६५ औं मिनेटमा अग्रता दिलाएका थिए ।

८९ औं मिनेटमा युनाइटेडका लागि ह्यारी मगुएरले बराबरी गोल फर्काएका थिए । तर, अतिरिक्त समयको सातौं मिनेटमा फुलहमका लागि एलेक्स इओबीले गोल गर्दै फुलहमलाई २–१ को जित पक्का गराए ।  

फुलहम ३२ अंकका साथ तालिकाको १२ औं स्थानमा रहेको छ भने म्यानचेस्टर युनाइटेड ४४ अंकका साथ छैटौँ स्थानमा छ । यसैगरी आर्सनलले न्युक्यासल युनाइटेडलाई ४–१ गोल अन्तरले पराजित गर्दा क्रिष्टल प्यालेसले बर्नलेलाई ३–० गोल अन्तरले स्तब्ध बनाएको छ ।

एस्टन भिल्लाले नटिङ्घम फरेस्टलाई ४–० गोल अन्तरले पराजित गर्दा ब्राइटन र एभर्टनले भने एक/एक गोलको बराबरी खेल्दै अंक बाँडेका थिए । 
 





  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार ८:१९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया