नेपालको आठौँ विकेट पतन, गुलशन झा पनि सस्तैमा आउट
फाइल तस्बिर

आइसिसी क्रिकेट विश्वकप लिग–२ जारी सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालको आठौँ विकेट पतन भएको छ । नेपालले आठौँ विकेटको रूपमा गुलशन झालाई गुमाएको हो । उनी ४२.२ ओभरमा ५ रनमै आउट भए । गुलशनलाई आर्यन दत्तले क्याच आउट गराए । 

नेपालले सातौं विकेटको रूपमा कुशल भुर्तेललाई गुमायो । उनी ३६.३ ओभरमा क्याच आउट भए । कुशलले आज ९३ बलमा आठ चौकासहित ६६ रनको पारी खेले । उनले ७७ बलमा ५ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका थिए । एकदिवसीयमा कुशलको यो आठौँ अर्धशतक हो ।  

नेपालले छैटौँ विकेटको रूपमा भीम सार्कीलाई गुमायो । उनी शून्यमै बोल्ड भए । नेपाल पाँचौं विकेटको रूपमा दीपेन्द्र सिंह ऐरीलाई गुमाउ पुग्यो । उनी २७.४ ओभरमा एक रनमा रनआउट भए । नेपालले चौथो विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमायो ।

उनी २४.३ ओभरमा छक्का हिर्काउने धुनमा १६ रनमा क्याच आउट भए । रोहित अघिल्लो खेलमा पनि यस्तै प्रकारले आउट भएका थिए । आज उनी स्पिनर आर्यन दत्तको बलमा आउट भएका हुन् ।

नेपालले तेस्रो विकेटको रूपमा कुशल मल्ललाई गुमायो । उनी १३औँ ओभरको अन्तिम बलमा २ रनमा एल्बीडब्लू आउट भए । कुशल पनि आर्यन दत्तको बलमा आउट भए । 



नेपालले दोस्रो विकेटको रूपमा अनिल साहलाई गुमायो । उनी ११औँ ओभरको अन्तिम बलमा ७ रनमा बोल्ड भए । अनिललाई पनि भिभियन किङ्माले पवेलियन फर्काए । नेपालले पहिलो विकेटको रूपमा विकेटकिपर आसिफ शेखलाई गुमायो ।  



उनी ८.३ ओभरमा व्यक्तिगत १७ रनमा आउट भए । आसिफलाई पनि भिभियन किङ्माले आउट गरे । नेपालले नेदरल्याण्ड्सविरुद्ध पनि टस हारेर पहिला ब्याटिङ गरिरहेको हो । 

  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार १२:३५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया