नेदरल्याण्ड्सविरुद्ध नेपाल १७२ रनमा अलआउट, कुशलले मात्र बनाउन सके अर्धशतक
तस्बिर : क्यान

आइसिसी क्रिकेट विश्वकप लिग–२ जारी सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्सलाई १ सय ७३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४९.३ ओभरमा १ सय ७२ रनमा अलआउट भयो ।

नेपालका लागि कुशल भुर्तेलले ९३ बलमा आठ चौकासहित सर्वाधिक ६६ रनको पारी खेले । एकदिवसीयमा कुशलको यो आठौँ अर्धशतक हो । यस्तै, करण केसीले २६, आरिफ शेखले २२, आसिफ शेखले १७ र रोहित पौडेलले १६ रन बनाए ।

नेदरल्याण्ड्सका लागि भिभियन किङ्मा र आर्यन दत्तले तीन/तीन, बास डी लीडेले दुई तथा रोइलोफ भ्यान डेर मर्वेले एक विकेट लिए ।  नेपालले आज सोमपाल कामी र देव खनाललाई विश्राम दिएर आरिफ शेख र गुलशन झालाई मौका दिएको छ ।

जारी सिरिजमा नेपाल र नेदरल्याण्ड्सले समान तीन म्याच खेल्दा दुईमा हार र एक/एक खेलमा जित निकालेका छन् । नेपालले पहिलो खेलमा नामिबियासँग ४ विकेटको हार बेहोर्दा दोस्रो म्याचमा नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो ।   



तेस्रो खेलमा भने नेपालले नामिबियासँग २ विकेटको पराजय बेहोरेको थियो । यस्तै, पहिलो खेलमा नेपालसँग हारेको नेदरल्याण्ड्सले दोस्रो खेलमा नामिबियाविरुद्ध ७ विकेटको जित निकाल्यो । तर, ऊ तेस्रो खेलमा नामिबियासँग २४ रनले पराजित भयो । अंक तालिकामा अहिले नेपाल दोस्रो र नेदरल्याण्ड्स तेस्रो स्थानमा छ ।    
  
नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिल साह, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, आरिफ शेख, करण केसी र ललितनारायण राजवंशी ।



  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार १३:१०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया