नेदरल्यान्ड्ससँग नेपाल पराजित

त्रिवि मैदान कीर्तिपुरमा भएको आइसिसी विश्वकप लिग - २ क्रिकेटको त्रिकोणात्मक एक दिवसीय क्रिकेटको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको हो । 

नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । जितको लागि विक्रमजित सिंहले ९२ बल खेल्दै ७ चौका मदतमा अविजित रहँदै सर्वाधिक ५६ रन बनाए । साएब्रान्ड एंगलब्रेक्टले७५ बल खेल्दै ३ चौका मदतमा अविजित ४६ रन बनाए । 

यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपामलले ४९.२ ओभरमा अल आउट हुँदै एक सय ७२ रन बनायो ।  नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६६ रनको अर्धसतकीय पारी खेले । 

त्यस्तै, करण केसीले २६, आसिफ शेख १७, रोहित पौडेल १६, अनिल शाह ७ र कुशल मल्ल २ रनमा आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेदरल्यान्ड्सका आर्यन दत्त र भिभियान किङ्माले दुई/दुई तथा रोएलोफ भान डर मार्वे र बास डे लिडेले एक/एक विकेट लिए । 
 





  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार १५:५६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया