नेप्सेमा २६.८१ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको गिरावट आएको छ ।  

आज नेप्से परिसूचक २६.८१ अंकले घटेर १९७९.०२ विन्दुमा कायम भएको हो । यसदिन सेन्सेटिभ इण्डेक्स  १.५९ अंकले घटेर ३५३.८३ विन्दुमा अडिएको छ । 

आज तीन सय १७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर  ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँमा खरिदबिक्री भए । 

दोहोरो अंकले घटेको सेयर बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । 

चिरख्वा हाइड्रोपावरको सेयर ८.५५ प्रतिशतले बढ्दा धवलागिरि  लघुवित्त वित्तीय संस्थाको ६.६६,गुराँस फाइनान्सको ५.१६ र सन नेपाल लाइफ इन्स्योरेन्सको ५.०४ प्रतिशतले बढ्यो ।  कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो । 

आज २ उपसमूहबाहेक अन्यको सूचक नकारात्मक देखिएका छन् । फाइनान्स र मनु एन्ड प्रो उपसमूहबाहेक अन्यको सूचक घटेको हो ।





  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार १६:२९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया