सिरी ‘ए’ मा इन्टर मिलानको सानदार जित

इटालिएन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले सानदार जित निकालेको छ । मिलानले आइतबार राति भएको खेलमा लेसीविरुद्ध ४–० गोल अन्तरको जित निकालेको हो ।  

योसँगै शीर्ष स्थानमा रहेको इन्टरले दोस्रो स्थानको युभेन्टसलाई ९ अंकले पछि पारेको छ । युभेन्टसभन्दा एक खेल कम खेलेको इन्टरको ६६ अंक रहेको छ भने २६ खेलबाट युभेन्टसको ५७ अंक रहेको छ ।

आइतबार रातिको खेलमा इन्टरलाई जिताउन लाउटारो मार्टिनेले खेलको १५ औं र ५६ औं मिनेटमा गरेर दुई गोल गरे ।

यस्तै, डेभाइड फ्राटेसीले ५४ औं तथा स्टेफन डी भ्रिजले ६७ औं मिनेटमा एक एक गोल थपेका थिए । इटरसँग पराजित भएको लिसे भने १४ औं स्थानमा छ ।

सिरी ‘ए’ कै अर्को खेलमा दोस्रो स्थानमा रहेको युभेन्टसले फ्रोसनोनमाथि  ३–२ को कठिन जित निकाल्दा तेस्रो स्थानको एसी मिलान र पाँचौं स्थानको एटलान्टाले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यस्तै, नापोली र काग्लीअरीले पनि बराबरी खेल्दै अंक बाँडेका थिए ।
 





  • प्रकाशित मिति : फागुन १४, २०८० साेमबार ८:३९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया