मेस्सीको गोलमा हारबाट जोगियो मियामी

मेजर लिग सकरमा कप्तान लिओनल मेस्सीको गोलमा इन्टर मियामी हारबाट जोगिएको छ । सोमबार बिहान सम्पन्न खेलमा एलए क्यालेक्सीविरुद्ध इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै मेस्सीले मियामीलाई हारबाट जोगाएका हुन् ।   

त्यसअघि ग्यालेक्सका लागि देजान जोभ्लिकले ७५ औँ मिनेटमा गोल गर्दै ग्यालेक्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ८८औँ मिनेटमा मार्को डेलगाडोले रातोकार्ड पाएपछि ग्यालेक्सी १० खेलाडीमा समेटियो । त्यसको फाइदा उठाउँदै मियामी खेललाई १–१ को बराबरीमा ल्याउन सफल भयो । 

यो बराबरीपछि मियामीले २ खेलबाट ४ अंक जोडेको छ । ऊ अहिले तालिकाको शीर्ष स्थानमा छ । पराजित ग्यालेक्सी एक अंकका साथ तालिकाको आठौँ स्थानमा छ । 






  • प्रकाशित मिति : फागुन १४, २०८० साेमबार १०:५९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया