अल नासरको रोमाञ्चक जितमा रोनाल्डोको पेनाल्टी गोल

साउदी प्रो लिगमा अल नासरले अल शबाबविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ । अल शबाब रंगशालामा भएको खेलमा अल नासरको जितमा टेलिस्काले दुई तथा कप्तान क्रिस्टियानो रोनाल्डोले एक गोल गरे । 

अल शबाबका लागि यानिक कारास्को र कार्लोसले एक/एक गोल फर्काए । खेलको २१औँ मिनेटमा रोनाल्डोको पेनाल्टी गोलमार्फत अल नासरले अग्रता लिएको थियो । 

पहिलो हाफको इन्जुरी समयमा कारास्कोले पेनाल्टीमार्फत नै गोल गर्दै अल शबाबलाई बराबरीमा ल्याए । दोस्रो हाफको सुरुआतमै टेलिस्काले गोल गर्दा अल नासर २–१ ले अगाडि बढ्यो । 

६७औं मिनेटमा कार्लोसले अल शबाबलाई २–२ को बराबरीमा ल्याए । निर्धारित समय सकिन चार मिनेट बाँकी छँदा टेस्किाले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासलाई ३–२ को रोमाञ्चक जित दिलाए ।  

यो जितपछि २१ खेलमा ५२ अंक जोडेको अल नासर दोस्रो स्थानमा छ । पराजित अल शबाब समान खेलबाट २४ अंकका साथ ११औं स्थानमा छ । 






  • प्रकाशित मिति : फागुन १४, २०८० साेमबार १०:२४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया