नेप्से परिसूचक १३ अंकले बढ्यो

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अंकले उकालो लागेर एक हजार नौ सय ९२ दशमलव३० मा पुगेको छ । 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १४ अंकले उकालो लागेर तीन सय ५५ दशमलव ९७ मा पुगेको छ । 

कारोबार भएका कूल १३ उपसमूह मध्ये तीन उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको सेयर मूल्यमा भने उकालो लागेको छ । विभिन्न कम्पनीका कूल ५९ लाख ८८ हजार सात सय १७ कित्ता सेयर दुई अर्ब एक करोड ७७ लाख ३९ हजार ६० मूल्यमा खरिद बिक्री भएका छन् । 

नेप्सेका अनुसार कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको नौ करोड ७१ लाख ८० हजार दुई सय २९ मूल्य बराबरको सेयर कारोबार भयो । 

हिमालयन रिइन्स्योरेन्स सात करोड ७५ लाख तीन हजार आठ सय २२, शिवम् मिसेन्ट छ करोड ६७ लाख ६७ हजार पाँच सय २८, गुर्खाज फाइनान्स छ करोड २६ लाख ६४ हजार १८ र सन नेपाल इन्स्योरेन्स छ करोड १८ लाख सात हजार नौ सय १८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । 

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजुको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त आठ दशमलव १६, नेपाल वेयर हाउस कम्पनी सात दशमलव ६५, सोनापुर मिनरल्स सात दशमलव ३५ र सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले छ दशमलव ७२ प्रतिशतले कमाएका छन् । 



यस्तै, समाज लघुवित्त १०, बिपिडब्ल्यू आठ दशमलव ७७, किसान लघुवित्त पाँच दशमलव ५६, गुर्खाज फाइनान्स पाँच दशमलव ३५ र ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलोका लगानीकर्ताले तीन दशमलव ६० प्रतिशतले गुमाएका छन् । 



  • प्रकाशित मिति : फागुन १४, २०८० साेमबार १६:१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया