अभिनेत्री तथा पूर्वसांसद जया प्रदा फरार घोषित

अभिनेत्री तथा पूर्वसांसद जया प्रदालाई अदालतले मंगलबार ‘फरार’ घोषित गरेको छ । सन् २०१९ को लोकसभाको चुनावको समयमा भाजपाकी प्रत्यासी रहेकी जयामाथि चुनावको समयमा आचारसंहिताको दुई मामला रामपुरमा दर्ता भएको थियो ।

जयाको यो मामलाको सुनुवाइ रामपुरको एमपी–एमएलए स्पेशल कोर्टमा चलिरहेको छ । जयालाई अदालतले कैयौं पटक सूचना जारी गर्दाको बाबजुद पछिल्लोपटक अदालतले कैयौं तारिख दिए पनि उनी अदालतमा उपस्थित भएकी थिइनन् । यसबाहेक उनीमाथि वारेन्ट र जमानती वारेन्ट पनि जारी गरिएको थियो । तर, उनी अदालतमा उपस्थित भइनन् । यहीकारण उनलाई अदालतले ‘फरार’ घोषित गरेको हो ।

अदालतले जयाविरुद्ध ८२ सीआरपीसीको कारवाही गर्दै पुलिस अधिक्षकको एक डिप्टी एसपीको अगुवाइमा टिक बनाएर ६ मार्च २०२४ मा अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

रामपुरका वरिष्ठ अभियोजन अधिकारी अमरनाथ तिवारीका अनुसार सन् २०१९ मा जयाविरुद्ध केमरी र स्वार थानामा आचारसंहिता उल्लंघनका दुई मामला दर्ता भएका थिए । प्रहरीले चार्जसिट कोर्टमा उजुरी दर्ता गराएको थियो । स्वारमा दर्ता भएको मामलामा बयान लिइसकिएको छ । केमरीको मामलामा भने जया अदालतमा उपस्थित नभएपछि बयान लिन बाँकी छ । 





  • प्रकाशित मिति : फागुन १६, २०८० बुधबार ८:५९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया