इटालियन सिरी ‘ए’ इन्टर मिलानको सानदार जित

इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले सानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा इन्टरले एटलान्टविरुद्ध ४–० गोल अन्तरको जित निकालेको हो ।

इन्टरको जितमा म्याथ्यु डार्मियनले २ गोल गर्दा लाउटारो मार्टिनेज र डेभिड फ्राटेसीले एक/एक गोल गरे । जितसँगै शीर्ष स्थानमा रहेको इन्टरले तालिकामा २६ खेलबाट ६९ अंक बनाएको छ ।

पराजित भएको एटलान्टा भने ४६ अंकका साथ पाँचौं स्थानमा छ । यस्तै, नापोलीले सासुलोमाथि ६–१ गोलको पुनरागमन जित निकालेको छ ।​​

सासुलोले सुरुमै गोल गरेपनि त्यसपछि लगातार ६ गोल खान पुगेको थियो । नापोलीका भिक्टर जेम्सले ह्याट्रिक गर्दा केभिचाले २ तथा अमिर रहमेनीले एक गोल थपे ।   

सासुलोका लागि उरो रेसीले एक गोल गरे ।  नापोली नवौँ तथा सासुलो १८ औं स्थानमा छ । 





  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार १०:१८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया