नेपालमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा नामिबियाविरुद्ध नेदरल्याण्ड्सले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ । यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदान भइरहेको छ ।
सिरिजमा दुवै टिम लगातार दोस्रो जितको खोजीमा छ । नामिबियाले पहिलो खेलमा नेपाललाई २० तथा नेदरल्याण्ड्सले नेपाललाई २ रनले हराएको थियो । नेपालले तेस्रो खेलमा शुक्रबार नामिबियाको सामना गर्ने तालिका छ ।
सिरिजको फाइनल पुग्न नेपालले अब बाँकी दुई खेल जित्नैपर्ने हुन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।