रोनाल्डोमाथि एक खेलको प्रतिबन्ध

पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो साउदी लिगमा एक खेलको प्रतिबन्धमा परेका छन् । साउदी क्लब अल नासरबाट व्यावसायिक फुटबल खेल्ने रोनाल्डो समर्थकलाई अश्लील इसारा गरेपछि एक खेलको प्रतिबन्धमा परेका हुन् ।   

अल नासर र अल–सबाबबीचको खेलका क्रममा केही समर्थकले निरन्तर लियोनल मेस्सीको नाम उच्चारण गर्दै रोनाल्डोलाई जिस्क्याएका थिए । त्यसपछि आक्रोशित बनेका ३९ वर्षीय रोनाल्डोले अल–सबाबका समर्थकतर्फ अस्वाभाविक इसारा गरे ।

सोही विषयलाई लिएर रोनाल्डो साउदी व्यावसायिक लिगमा एक खेल खेल्न नपाउने गरी निलम्बनमा परेका हुन् । उक्त घटना भएको खेलमा रोनाल्डोको क्लब अल नासरले अल–सबाबलाई ३–२ गोलले हराएको थियो । सो खेलमा रोनाल्डोले एक गोल गरेका थिए ।  





  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार १२:९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया