नामिबियाविरुद्ध नेदरल्याण्ड्सको आक्रामक ब्याटिङ : १४ ओभरमै बनायो १५८ रन

नेपालमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा नामिबियाविरुद्ध नेदरल्याण्ड्सले आक्रामक ब्याटिङ गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरिरहेको नेदरल्याण्ड्सले यो समाचार तयार पार्दासम्म १४ ओभरमा एक विकेट गुमाएर १ सय ५८ रन बनाएको छ ।

उसका लागि लागि माइकल लेभिटले ९५ र साइब्रान्ड एंगलब्रेच्टले ५४ रन बनाएर खेलिरहेका छन् । नामिबिया र नेदरल्याण्ड्स जारी सिरिजमा लगातार दोस्रो जितको खोजीमा छन् । 

नामिबियाले पहिलो खेलमा नेपाललाई २० तथा नेदरल्याण्ड्सले नेपाललाई २ रनले हराएको थियो । नेपालले तेस्रो खेलमा शुक्रबार नामिबियाको सामना गर्ने तालिका छ ।   
 





  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार १२:२९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया