नेदरल्याण्ड्सले नामिबियालाई दियो २४८ रनको लक्ष्य, लेभिटले बनाए १३५ रन

नेपालमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा नेदरल्याण्ड्सले नामिबियालाई २ सय ४८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४७ रन बनायो ।

त्रिवि मैदानमा टी–२० आईमा कुनै पनि टिमले बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो ।  उसका लागि ओपनिङ ब्याटर माइकल लेभिटले शतकीय इनिङ खेले । ६२ बलको सामना गरेका उनले ११ चौका र १० छक्कासहित १ सय ३५ रन बनाए । यस्तै, साइब्रान्ड एंगलब्रेच्टले ४० बलमा ७ चौका र ५ छक्काको सहयोगमा ७५ रनको इनिङ खेले ।

तेजा निदामनारुले तीन बलमा तीन छक्कासहित १८ रन जोडे । नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले ४ ओभरमा ४६ रन दिएर सर्वाधिक दुई विकेट लिए । नामिबिया र नेदरल्याण्ड्स जारी सिरिजमा लगातार दोस्रो जितको खोजीमा छन् । 

नामिबियाले पहिलो खेलमा नेपाललाई २० तथा नेदरल्याण्ड्सले नेपाललाई २ रनले हराएको थियो । नेपालले तेस्रो खेलमा शुक्रबार नामिबियाको सामना गर्ने तालिका छ ।   





  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार १३:५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया