तुलसीपुर रोयल्सल ३९ रनले विजयी

दाङको घोराहीमा जारी नेपाल टेलिकम दाङ क्रिकेट लिग    (डिसिएल) अन्तर्गत बिहीबार सम्पन्न पहिलो खेलमा तुलसीपुर रोयल्सले देउखुरी वारियर्सलाई ३९ रनले पराजित  गरेको छ । यो तुलसीपुर रोयल्सको दास्रो जित हो । इस हारसँगै एक खेल खेल्न बाँकी रहँदै देउखुरीको फाइनल पुग्ने सम्भावना समाप्त भएको छ । 

घोराही क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा तुलसीपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको देउखुरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०० रन मात्र बनाउन सक्यो । लक्ष्य पछ्याउने क्रममा देउखुरीका नारायण जोशीले सर्वाधिक ३० रन योगदान दिए भने प्रज्वल थापाले १४ तथा आशिष वलीले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

तुलसीपुरको बलिङमा भुवन कार्की, अमर सिंह रौटेला र दिवान पुनले समान २ विकेट लिए। रुपेश सिंह र नवीन विकले १/१ विकेट लिए । अलराउण्ड प्रदर्शन गरेका रुपेश सिंह खेलको प्लेयर अफ द म्याच घोषित भए । 

यस अघि टस जितेर ब्याटिङ गरेको तुलसीपुर रोयल्सले २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनायो । तुलसीपुरको लागि रुपेश सिंहले सर्वाधिक ४३ रन बनाए जुन क्रममा उनले २९ बलमा २ चौका र ३ छक्का प्रहार गरे । 

यस्तै विराट सिंह भण्डारीले ३५ बलमा ६ चौका मद्दतले ३० रन बनाए। दिवान पुनले १५, अमर सिंह रौटेलाले ११ तथा भुवन कार्कीले १० रनको योगदान दिए । बलिङतर्फ देउखुरी वारियर्सको लागि सुभम खनालले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २४ रन खर्चिए ।  आशिश ओलीले २ तथा आवाज गौतमले १ विकेट लिए । 

तिन वटै खेलमा जितपछि तुलसीपुरले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अंक तालिकाको शीर्षमा रहेको तुलसीपुरको ६ अंक छ । ४ अंकसहित २ खेल खेल्न बाँकी रहेको घोराही दोस्रो स्थानमा छ । 



२ अंकसहित पुरनधारा च्यालेन्जर्स दोस्रो तथा समान अंक सहित नेट रन रेटमा पछि रहेको दंगाली लायन्स चौथो स्थानमा छ । तिन वटै खेलमा पराजित देउखुरी वारियर्स पाँचौँ स्थानमा छ ।



  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार १७:३५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया