जाउलाखेललाई हराउँदै एनआरटी केपी ओली कपको फाइनलमा

केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लबलाई पराजित गर्दै न्युरोड टिम (एनआरटी) फाइनलमा प्रवेश गरेको छ । एनआरटीले जाउलाखेलमाथि ३–० गोलअन्तरको जित निकाल्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । 

दशरथ रंगशालामा आज भएको खेलमा एनआरटीका सञ्जीव विष्टले दुई गोल गरे भने  विवेक गुरुङले एक गोल थपे । खेल सुरु भएको पाँच मिनेटमै विवेकले गोल गर्दै  एनआरटीलाई अग्रता दिलाए भने खेलको ५०औँ मिनेटमा सञ्जीवले अर्को गोल गरेर टोलीको अग्रतालाई अझ अघि बढाए । 

पहिलो गोल गरेको सात मिनेटपछि  सन्ञ्विले पुनः दोस्रो गोल गरे । त्यसपछि खेलमा  कुनै गोल हुन सकेन र एनआरटीको जित सुनिश्चित भयो ।

यसअघि एनआरटी थ्री स्टारलाई १–० तथा जावलाखेल आयोजक केपी ओली एफसीलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । 

प्रतियोगितामा विजयी हुने टोलीले ११ लाख तथा  दोस्रो स्थान हासिल गर्ने टोलीले पाँच  लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।





  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार १७:४३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया