पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदै, तीन प्रदेशमा हिमपातको सम्भावना
फाइल तस्बिर

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझदेखि पश्चिमी क्षेत्र हुँदै पश्चिमी न्यूनचापीय प्रणाली पुनः केही दिन सक्रिय हुने भएको छ ।  आज बिहान कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली छ ।

महाशाखाका अनुसार बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । ती तीन प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

महाशाखाकाअनुसार आज राति गण्डकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । राति सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।  





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार ७:४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया